भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघ्यो

काठमाडौं, ५ पुस । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघेको छ ।

साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ८३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७९ हजार ६८१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५१३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५१३ पुगेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board