ओलीको कदमपछि नेकपा सांसदहरु सिंहदरबारमा

काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि राजनीतमा हलचल मच्चिएको छ । यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले छलफललाई तिब्र बनाएका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भईरहेका छन् । यसैबीच ओलीको यो कदमपपछि नेकपाका नेताहरु छलफलमा जुटेका छन् । अहिले प्रचण्डसहितको नेता खुमलटारमा छलफल गरिरहेका छन् । अहिले नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच छलफल गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board