संसद विघटनबारे छलफल गर्न काँग्रेस पदाधिकारीको आकस्मिक बैठक

काठमाडौं, ५ पुष । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेपछि यसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको उक्त निर्णयबारे रणनीति बनाउन बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board