ओलीलाई कारबाही गर्ने तयारी, स्थायी कमिटीका नेताहरु बालुवाटारमा भेला हुँदै

काठमाडौं, ५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले संसद विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेका छन् ।

केहिबेर अघिसम्म खुमलटारमा भेला भइ संसद विघटनबारे छलफल गरेका प्रचण्डसहितका नेताहरुले यस्तो निर्णय गरेका हुन् । प्रचण्ड निवास खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए । यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका हुन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक बालुवाटारमै बस्ने भएको छ । अहिले स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला भईरहेका छन् । एक नेताका अनुसार प्रधानमन्त्री ओलीलाई यो स्थायी कमिटीको बैठकले अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने सम्भावना रहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board