देश अँध्यारो सुरूङमा फसिसक्यो: डा. भट्टराई

काठमाडौं, ६ पुष । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैशाखमा चुनाव हुनै नसक्न बताएका छन् । हिजो आईतबार सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने आइतबार मितिसमेत तोकेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी हुन् । यसै सन्दर्भमा डा. भट्टराईले चुनाव तोकिएको मितिमा हुनै नसक्ने दाबी गरेका हुन् ।

समाजवादीका नेता डा. भट्टराईले देश अँध्यारो सुरूङमा फसिकेको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद आइतबार भंग गरेपछि यसको चौतर्फि आलोचना भईरहेको छ । सोमबार ट्वीट गर्दै भट्टराईले सरकारले भनेजस्तो वैशाखमा चुनाव नहुने दाबी गरेका हुन् ।

भट्टराईले अब शशक्त प्रतिरोध गर्नुपर्ने बताउँदे भनेका छन्, ‘वैशाखमा चुनाव हुनेवाला छैन,’ भट्टराईले भनेका छन्, ‘देश अँध्यारो सुरूङमा फसिसक्यो। संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।’ संवैधानिक/कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न नसकिने नेता भट्टराईले भनाई छ । बरु दिगो उपचार राजनीतिक नै भएको भट्टराईले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board