ओलीले भने- उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्रै प्रचण्डलाई अध्यक्ष दिएको हुँ

काठमाडौं, ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि ताजा जनादेशको निर्णय गरेको बताएका छन् ।

बालुवाटारमा आफू निकट संघीय सांसदहरुलाई बोलाएर सम्बोधन गरेका ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताए । भेलामा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् ।

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले भने, ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे ’ अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने ओलीको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board