ओलीले बोलाएको बैठकमा बादल अनुपस्थित, प्रचण्डलाई दिए ‘ग्रीन सिग्नल’

काठमाडौं, ७ पुष । प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा अहिले जारी छ । केहीवेरअघि बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने अनुपस्थित भएका छन् ।

स्रोतका अनुसार गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन् । उनी आफू निकट नेताहरुसँग परामर्शमा रहेका छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए ।

मंगलबार (आज) विहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफल गरेका बादलले आफू पार्टीमै बस्ने र त्यसबारे आजै निर्णय गर्ने बताएका छन् । प्रचण्डले मंगलबार बिहान पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए । सोमबार बिहान पनि प्रचण्ड र गृहमन्त्री थापाबीच मन्त्री क्वाटरमै छलफल भएको थियो।

यस्तै ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छैनन् । बैठकमा उपस्थित नभएका गौतम भने आफ्नो निवासमा रहेको उनीहरु निकट स्रोतको भनाई छ । बालुवाटार बैठकमा पूर्वमाओवादी समूहका नेता टोपबहादुर रायमाझी र मणि थापा भने सहभागी छन् ।

भैसेपाटीमा वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गएका छन् । गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भएको छ । विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् । यसअघि भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको समूहमा थिए ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board