नेकपा विभाजित भएपछि बढ्यो चिनियाँ राजदूत यान्छीको राजनीतिक सक्रियता

काठमाडौं, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः विभाजित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लग्यो ।

नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् । नेकपाका दोस्रो बरियताका नेता-कार्यकर्ताहरुलाई आ-आफ्नो समुहमा तान्ने र फकाउने क्रम जारी छ ।

नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे छिमेकी मुलुक भारतले भने खुलेरै प्रतिक्रिया दिईरहेका छन् । तर, चीनले खास औपचारिक प्रतिक्रिया भने जनाएको छैन । संसद् विघटन गर्ने आकस्मिक निर्णयलाई सोमबार प्रकाशित अधिकांश भारतीय दैनिकहरुले विशेष स्थान दिएरै छापे ।

अंग्रेजी र हिन्दी सबै भाषामा प्रकाशित हुने प्रायः सबैजसो दैनिकहरुले संसद् विघटनसम्बन्धी समाचारहरुलाई प्रमुख पृष्ठमै छापेर ओलीको निर्णयलाई पार्टीको आन्तरिक खिचातानीको परिणामका साथै चीनको ओली सरकार टिकाउने विगतदेखिको प्रयास अन्तत: असफल भएको भनेर अर्थ्याए पनि चिनले भने औपचारिक प्रतिक्रिया जनाएको छैन ।

यसैबीच नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिदै आएको चीनीया राजदुत होउ यान्छीले फेरि सक्रिया बढाएको छ । नेकपा विभाजित भईसकेपछि हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिईन् । भने आज बिहान खुमलटारमै पुगेर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यान्छीले भेट गरेकी हुन् ।

नेकपामा राजनीतिक रूपमा विभाजित भइसकेको अवस्थामा अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको स्रोतले बतायो । राजदूत याङ्छीले प्रचण्डसँग विकसित राजनीतिक घट्नाक्रमका बारेमा चासो राखेकी थिइन् । नेकपमा विवाद बढ्दा याङ्छीले यसअघि पनि नेताहरुलाई भेटेर पार्टी विभाजन रोक्न आग्रह गर्दै आएकी थिइन् । 

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो। हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि राजदुत यान्छीले भेटवार्ता गरेकी हुन् । हिजो (मंगलबार) राजदूत याङ्छी र राष्ट्रपति भण्डारीबीच एक घण्टा कुराकानी भएको थियो । याङछीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत आइतबार संसद विघटन गरेपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् ।

एकता प्रक्रिया नसकिँदै विभाजित भएको नेकपाको दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड-माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बस्दैछ ।

यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर सोको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।

प्रचण्ड-माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board