ओलीलाई छाडेर शेरबहादुर तामाङ दम्पती प्रचण्ड-माधव समूहतिर

काठमाडौं, ९ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विभाजित भएपछि यतिबेला नेता कार्यकर्तालाई ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले आ-आफ्नो समुहतिर तान्ने क्रम देखिएको छ । कतिपय नेता कार्यकर्तालाई कुन पक्षमा जाने भनेर दोधारमा बनेको पनि बुझिएको छ ।

यस्तै पुर्वमन्त्री एवंम नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड-माधव समूहतिर लागेका छन् । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी भएका उनी प्रचण्ड-माधव पक्षतिर लागेका हुन् ।

उनीसँगै प्रदेश सांसद उषाकला राईले नेकपा केपी ओली समुहको केन्द्रीय सदस्य पद अस्विकार गरेर प्रचण्ड-नेपाल पक्षतिर लागेका हुन् । प्रदेश १ सांसद उषाकला खोटाङकी हुन भने संघीय सांसद तथा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्लाका हुन् ।

बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै प्रदेश १ की सांसद उषाकला र उनका श्रीमान संघीय सांसद शेरबहादुरले आफुहरु विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरुको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका थिए । तर, आज उनी प्रचण्ड-माधव पक्षको बैठकमा सहभागी हुँदैछन् ।

‘प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु,’ उनले भनेकी छन्, ‘तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महसुस भएको छ, त्यसकारण विनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board