काठमाडौं, ९ पुष । नेपालमा बितेको २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३९ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० रहेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ ।
थप पाँच जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थप २४४ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
COMMENTS