के तपाइलाई थाहा छ ? जाडोमा तातोपानी पिउदा हुने बेफाईदाहरु …..

काठमाडौं, ९ पौष । बिरामी मानिसलाई मात्र नभएर स्वास्थ्य रहनका लागि समेत तातो पानी पिउन सिफारिस गरिन्छ ।

अधिकांश मानिस जाडोको मौसममा तातो पानी पिउन रुचाउँछन् । साथै, केही मानिस वर्षभरि नै तातो पानी पिउने गर्छन् । तातो पानीलाई स्वास्थ्यको हिसाबले धेरै लाभदायक मानिन्छ । साथै, तातो पानी पिउनाले रुघाखोकी, अपचलगायतका धेरै स्वास्थ्य समस्याहरू समाधान गर्न सक्छ । तातो पानी पिएर शरीरको बढ्दो तौललाई पनि नियन्त्रण गर्न सकिन्छ ।

तातो पानी पिउँदा पेट लामो समयका लागि भरिरहेको जस्तो अनुभव हुन्छ । यस्तो अवस्थामा धेरै खाना खानबाट बचिन्छ र बिस्तारै शरीरको अनावश्यक तौल घट्दै जान्छ । तातो पानी छालाका लागि पनि फाइदाजनक हुन्छ । यसले शरीरलाई भित्रबाट सफा गर्ने काम गर्छ, अर्थात् डिटक्सिफिकेसन । तातो पानी पिउनाले शरीरमा उपस्थित विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।

शरीर भित्रबाट सफा हुँदै गएपछि छाला पनि स्वस्थ हुन्छ, साथसाथै अनुहारमा आउने पिम्पल्स र चायापोतोको समस्या पनि कम हुँदै जान्छ । तातो पानी पिउनुका धेरै फाइदा हुँदाहुदै पनि यसको अत्यधिक सेवनले शरीरलाई नोक्सान पुर्‍याउन सक्छ । तातो पानीको अधिक सेवनले मुख ९छाला०मा घाउ निम्त्याउन सक्छ ।

पानी तातो भएको कारण मुख पोल्ने तथा यसको अत्यधिक प्रयोगले जिब्रोलाई बिगार्न सक्छ । अत्यधिक तातो पानीले शरीरको आन्तरिक अङ्गहरूलाई समेत बिगार गर्न सक्छ । अत्यधिक तातो पानी पिउनाले मृगौलाका लागि पनि राम्रो मानिँदैन । धेरै तातो पानी पिउँदा पनि दिमागको कोष सुन्निन सक्ने हुँदा यसले हानी निम्त्याउन सक्छ ।

अत्यधिक मात्रामा तातो पानी पिउनाले सास फेर्न समस्या हुने, चाहिनेभन्दा धेरै रगतको मात्रा बढाउने, शरीरको चाहिने पोषक तत्व इलेक्ट्रोलाइट लाई पातलो बनाई टाउको दुखाइ तथा अन्य समस्या निम्त्याउन सक्छ । त्यसकारण केवल मनतातो पानीको मात्र र प्यास लाग्दा मात्र पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board