काठमाडौं, १० पौष । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । नेकपाका अध्यक्ष नेपाल र राजदूतबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको हो ।
नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उनीहरुबीच आपसी हितका विषयमा विचार विमर्श भएको थियो ।
COMMENTS