काठमाडौँ, ११ पुस । भारतमा थप २२ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ३५० जनामा संक्रमण भएको हो ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ३९ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २५१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।
COMMENTS