प्रदेश १ का १ मन्त्रि सहित २ राज्यमन्त्रीले दिए राजीनामा (पत्रसहित)

विराटनगर, १२ पुस । प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । आइतबार राजीनामा दिनेहरु सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिनुभएको हो । प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी स्वरुप मन्त्रीहरुले राजीनामा दिएको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राईले शनिबार साँझ प्रचण्ड–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गर्नुभएको थियो । अविश्वास प्रस्ताव दर्ता गराउन प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु विराटनगरमा भेला हुन थालेको एक स्रोतले बताएको छ । आङबोले आइतबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भइसकेको बताउनुभयो । प्रदेश १ सभामा रहेको ९३ सदस्यमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना प्रदेशसभा सदस्य छन् । नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य हुन् ।

मुख्यमन्त्री राईको सरकार ढालेर नयाँ सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board