कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु

काठमाडौँ, १८ , पुष । कारको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा एउटा बाघ मरेको छ । शनिबार बिहान हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजे सडकमै बाघलाई ठक्कर दिएको हो ।

निकुञ्जका रेन्जर प्रकाश पुनका अनुसार घटनास्थलमै बाघ मरेको मरेको हो । जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो ।

कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । ‘तत्कालै हामी जाँदा अलिअलि चलमलाएको थियो,’ रेन्जर पुनले निकुञ्जको मुख्यालय आधाभारबाट भने, ‘ घाइते बाघ एकछिनमै मर्‍यो ।’

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको उनको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board