२४ घण्टामा ४१९ जना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, १८ पुष । नेपालमा बितेको २४ घण्टामा थप ४१९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ संक्रमितको संख्या पुगेको छ ।

यस्तै २४ घण्टामा ७५० जना कोरोना संक्रमणबाट निको भई डिस्चार्ज भएका छन् भने, निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ७११ रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म पीसीआर विधिबाट १९ लाख ४२ हजार ७०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप ६ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board