देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा गर्नुपरेको हो : प्रधानमन्त्री ओली

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा गर्नुपरेको बताए ।

शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी नेकपा आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा गर्नुपरेको बताए । संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको उनको भनाइ छ । प्रचण्ड–माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको समेत उनले बताए । ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरिरहनु भएको थियोु, उनले भने, खास प्रतिगमनको तयारी गरिरहनु भएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनु थियो । आन्दोलनलाई भिरबाट तल खसाल्न खोज्नु भएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ्ग सोझ्याउनु थियो । हामीले स्टेरिङ्ग सोझ्याएका हौं ।’

प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त भएको दुई तिहाईलाई फुटाएर विभिन्न तत्वहरुसँग भित्रि साँठगाँठ गरेर जोडजाम गरेको पुतली सरकार बनाउने प्रयास गरिएको समेत बताए । सरकारलाई असफल देखाउन तीन वर्ष देखिका विधेयकलाई समितिमा रोकेर राखिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरु प्रस्तुत हुँदैनन् । सभामुखले तीनवटा अधिवेसन भए, तीनवटा अधिवेसन अगाडि सरकारले राखेका प्रस्ताव निर्णायर्थ प्रस्तुत हुँदैननु, उनले भने , ुतीन वर्ष अगाडि देखि राखेका प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ । समितिबाट अगाडि बढ्दैन ।ु त्यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि अस्वस्थ सडयन्त्रको चक्रव्युहमा देशलाई फस्न नदिनका लागि यो प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नुपरेको पनि उनले बताए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board