तीन दिनसम्म पानी पर्ने : उच्च हिमाली भेगमा हिमपात

काठमाडौं, १९ पुस । पश्चिमी वायुको प्रभावले आउँदो तीन दिनसम्म देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन।

उहाँकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । यस्तै देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आउँदो तीन दिन हिउँ पर्ने सम्भावना रहेको मौसमविद् शाक्यले बताइन। अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराईका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको छ ।

तराईको कुहिरो तथा हुस्सु भने दिउँसोपखबाट हटेर जाने महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यका हिजोभन्दा केही न्यानो महशुस भएको छ । हिजो १ दशमलव तीन डिग्री रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बढेर ३ डिग्रीमा पुगेको छ । काठमाडौं उपत्यकामा आज दिनभरजसो नै बादल लागे पनि तापक्रम भने बढ्दै जानेछ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुनेछ भने सुदूरपश्चिम, कर्णाली कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आइतबारभन्दा सोमबारको मौसम खराव हुने मौसमविद्को पूर्वानुमान छ। सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम, कर्णाली, गण्डकी र बाग्मती प्रदेशका उच्च हिमाली भू- भागमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।

यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बाग्मती र प्रदेश १ को केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी सोमबार राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, प्रदेशका बाग्मती र प्रदेश १ को केही ठाउँमा हल्का वर्षाको सम्भावना छ भने उच्च हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।

यसैगरी मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, बाग्मती र प्रदेश १ मा पानी पर्ने र उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ । मंगलबार रातिदेखि भने मौसममा थोरै सुधार आउनेछ । मंगलबार राति भने सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुका केही स्थानमा हल्का पानी पर्ने र सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली भू(भागमा हिमपात पनि हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board