कोरोनाविरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, गरिब मुलुकहरूलाई असर पर्ने

काठमाडौं, २० पुष । भारतले कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको कोरोना भाईरसविरुद्धको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले भारतबाहिर अझै केहि महिना खोप नपठाउने भएको हो ।

सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो, जसले गरिब मुलुकका लागि १ अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरेको छ । सेरमका सिइओ आदर पुनावालाले समाचार संस्था एपीसँग कुरा गर्दै भारत सरकारले तत्काल खोप बाहिरी मुलुकमा नपठाउने सर्त आइतबार खोपलाई अनुमति स्वीकृति दिएको बताएका हुन् । निजी बजारलाई सेरमले खोप तत्काल नबेच्ने पनि बताएका छन् । उनका अनुसार भारत सरकारलाई मात्र खोप उपलब्ध गराउन सक्ने भएको हो ।

भारतको यस्तो निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई असर पर्ने भएको देखिएको छ । नेपालले खोप लगाउन आवश्यक जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोभ्याक्सबाट खोप ल्याउने तयारी गरिरहेको छ। ‘कोभ्याक्सबाट खोप दिन मार्च/अप्रिल नभई सुरू हुँदैन,’ पुनावालाले भने। 

सेरमले भारत सरकारलाई प्रति डोज २०० भारूका दरले १० करोड डोज खोप दिन लागेको जनाईएको छ । यसअघि भारतले आइतबार कोरोनाविरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो। 

सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board