काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल बिल्डिङमा कब्जा गर्ने प्रयास गरेपछि तनावग्रस्त बन्यो । बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म स्थिति हिंस्रक बनेपछि कर्फ्यूसमेत लगाईएको छ ।
अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको बेला ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हंगामा सुरु गरेका थिए । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि रहेको थियो । सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे । यसका कारण बहस बीचमा नै रोक्नुपरेको थियो।
संयुक्त राज्यको संसद भवन क्यापिटल भवनमा उक्त हिंस्रक प्रयासलाई राष्ट्रपति ट्रम्पले ‘कू’ को प्रयास गरेको डेमोक्रेटिकका साथै रिपलब्लिकन सांसदहरुले बताएका छन् । ट्रम्प मिट रम्नीले त स्वार्थी व्यक्ति भएको नै बयान दिएका छन् । ट्रम्पले लगातार धाँधलीको आरोप लगाउँदै चुनावको नतिजामाथि प्रश्न उठाउँदै आएका थिए ।
ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहँदा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भएको थियो । स्थिती अनियन्त्रित भएपछि २७ सय नेशनल गार्डलाई क्यापिटल पठाइको जनाईएको छ । हिंसामा परी चार जनाको मृत्यु भएको द वासिङ्टन पोस्ट र सीएनएनले जनाएको छ । ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका हुन् । सुरक्षाकर्मीले सभामुख न्यान्सी पेलोसीलगायत सांसदहरूलाई सुरक्षित स्थानमा लगेका थिए।
COMMENTS