काठमाडौं, २४ पुष । संसद विघटनको विरोध जनाउँदै राजधानीमा नेविसंघले उल्टो हिँडेर प्रर्दशन गरेका छन् । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म पुगेका हुन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन् । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी छन् ।
प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको नेविसंले जनाएको छ ।
COMMENTS