परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं, २४ पुष । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिएका हुन् ।

सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले सीमा नाकाको अवस्था सुधार हुनेसमेत बताए ।

कार्यक्रमा उनले भने, ‘हाम्रो परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ। त्यतिबेला यसको बारे कुरा हुनेछ’ । केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा जानकारी भने दिईएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board