देशभर ५ सय ५४ जना संक्रमित, थप ६ को मृत्यु

काठमाडौँ, २४ पुष । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ५४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ ।

यस्तै २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार २१ छ ।

हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ६ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको ज्यान गएको छ । यस्तै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ जना पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board