बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान,एक जना पक्राउ

काठमाडौं, २६ पौष । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ ।

गएराति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करीमा संलग्न ८/१० जनाको समूहले गोली हानेको हो । गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले जानकारी दिए । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो ।

जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो । घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका ६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ । साथै १०२ किलो गाँजा पनि बरामद भएको डीएसपी गौतमले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board