बलिउड तथा हलिउडकी चर्चित नायिका प्रियंका चोपडाको एक प्रतिक्रियाले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । हालै दिएको एक अन्तवार्तामा प्रियंकाले आफूले १ दर्जन बच्चा जन्माउन चाहेको बताएकी छिन् । उनले आफ्नो बच्चाहरुको क्रिकेट टिम नै बनाउने रहर भएका बताएकी छिन् ।
प्रियंकाले अन्तवार्तामा भनिन्, प्रियंकाले भनिन् ‘मलाई बच्चाहरु चाहिन्छ । जति हुन सक्छन् त्यति बच्चा । एक क्रिकेट टिमजति… म निश्चित छैन ।’ प्रियंकाको विवाह हिन्दू र क्रिस्चियन दुवै रितिरिवाजअनुसार भएको थियो । आफूहरुको संस्कृति फरक भएका कारण आफूलाई कुनै समस्या नभएको पनि प्रियंकाले बताइन् ।
COMMENTS