काठमाडौं ४ माघ । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ ।
छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित कार्यालयमा बोलाएको छ । आगामी निर्वाचनका विषयमा दलहरुसंग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउंदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका थिए । निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले आलोचना पनि गरिरहेका छन् ।
COMMENTS