प्रचण्ड-माधवलाई बाबुरामको प्रश्न : केपी ओलीलाई किन पार्टीबाट निकाल्नु हुन्न ?

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाकाे दाहाल-नेपाल पक्षलाई कित्ता क्लियर गर्न सुझाएका छन् ।

आज (साेमबार) बिहान काठमाडाैंमा भएकाे कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले कित्ता क्लियर गर्न सुझाव दिएका हुन् । ‘केपी ओलीलाई तपाईँहरु किन निकाल्नु हुन्न ? उहाँलाई पार्टीबाट ननिकालेकाे देख्दा तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन भन्ने शंका उब्जाएकाे छ’, भट्टराईले भने, ‘कित्ता क्लियर गरिहाल्नुस् ।’

उनले सर्वाेच्च अदालतबाट प्रतिनिध सभा पुनर्स्थापना नभए आफूहरु हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिए । ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं । बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्दैनाैँ,’ नेता भट्टराईले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board