काठमाडौं ६ माघ । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा १ सय २९ महिला र २ सय १९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये २ सय १८ जना काठमाडौं उपत्यकाका हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । उनीहरुमध्ये आज थप ४ सहित १९ सय ६९ जनाको मृत्यु भएको छ
यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४१ जना निको भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । हाल देशभर रहेका सक्रिय संक्रमित ३ हजार ७ सय ६४ जनामध्ये १ सय ६१ जनाको आईसीयु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
COMMENTS