सम्पादकहरुसँग प्रचण्ड–माधव समूहको छलफल

काठमाडौं, ७ माघ, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–माधव समूह ले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल आयोजना गरेको छ । छलफल दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी छ ।

छलफलमा अध्यक्षद्वय प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् । नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरिएको जानकारी दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board