श्री ३ महाराज बन्ने ओलीको सपना चकनाचुर पार्नेछौं : प्रचण्ड

बुटवल । १५ माघ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको श्री ३ महाराज बन्न चाहनालाई चकनाचुर पार्ने बताए । प्रचण्ड–नेपाल नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै अध्यक्षले प्रचण्डले श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने बताए । ओलीले संविधानको घाँटी रेट्ने काम गरेको आरोप समेत प्रचण्डले लगाए । उनले भने, ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीलाई चुट्कीको भरमा अन्त्य गर्ने हुनेछ’, प्रचण्डले भने, श्री ३ बन्ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं ।

प्रचण्डले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री गरेको स्मरण गर्दै प्रचण्डले अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए । प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको बताउँदै आफुले अदालतप्रति कुनै शंका गर्न नचाहेको समेत स्पष्ट पारे । सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीका प्रतिगमनकारी र निरंकुश कदमलाई जनताले हराएर छाड्ने दाबी गरे । ओलीमा निरंकुशताको प्रेत जागेको आरोप लगाउँदै प्रचण्डले एकजना तानाशाहको सनक र इज्जत सब कुरा हो भन्दै आएको हुँदा आमनागरिकले आफ्नो जीवनको मूल्य खोज्नुपर्ने बेला आएको समेत बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board