विश्वभर २४ घण्टामा ५ लाख ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण : १६ हजार ,१७५ जनाको मृत्यु


काठमाडौं, १६ माघ । चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको असर एक वर्ष नाघेपनि कम भएको छैन । यसको असर झनै तीव्र हुँदै गइरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टाको अवधिमा विश्वभर ५ लाख ९५ हजार ४ सय ९७ जना संक्रमित भएका छन् भने सोही अवधिमा १६ हजार १ सय ७५ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा मात्र १ लाख ६२ हजार ५ सय ७४ जना संक्रमित भएका छन् भने ३ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २ करोड ६३ लाख ३८ हजार ६ सय ७ पुगेको छ भने ४ लाख ४३ हजार ७ सय ६९ जनाको ज्यान गएको छ ।

यस्तै, भारतमा १८ हजार ९ सय ४० जना संक्रमित भएका छन् भने १ सय ६२ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा १ करोड ७ लाख २० हजार ९ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ लाख ५४ हजार४७ जनाको ज्यान गएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको ब्राजिलमा ६० हजार ३ सय १ जना थपिदा १ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या ९० लाख ६० हजार ७ सय ८६ पुगेको छ । सोही अवधिमा २ लाख २१हजार ६ सय ७६ जनको मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा रसियामा १९ हजार १ सय ३८, बेलायतमा २८ हजार ६ सय ८०, फ्रान्समा २३ हजार ७ सय ७७, स्पेनमा ३४ हजार ८ सय ९९, इटालीमा १४ हजार ३ सय ७२, टर्कीमा ७ हजार २ सय ७९ र जर्मनीमा १४ हजार ८ सय ८३ जना संक्रमित थपिएका छन् । सोही अवधिमा रसियामा ५ सय ७५, बेलायतमा १ हजार २ सय ३९, फ्रान्समा ३ सय ४४, स्पेनमा ५ सय १५, इटालीमा ४ सय ९२, टर्कीमा १ सय २९ र जर्मनीमा ८ सय ६२ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमितको संख्या १० करोड २० लाख ५ हजार ७ सय २६ पुगेको छ भने संक्रमणबाट २१ लाख ९९ हजार १ सय २० जनाको मृत्यु भएको छ । ७ करोड ३८ लाख ४५ हजार ३३ जना कोरोनामुक्त भएका छन् भने २ करोड ५९ लाख ६१ हजार ५ सय ७३ जना सक्रिय संक्रमित अवस्थामै रहेका छन् । जसमध्ये १ लाख ९ हजार ८ सय ५५ जना गम्भीर अवस्थामा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board