विश्वभर ७ करोड ४३ लाखले जिते कोरोना, २२ लाख संक्रमितको मृत्यु

काठमाडौँ, १७ माघ । विश्वभर ७ करोड ४३ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।शनिबारसम्म ७ करोड ४३ लाख ३ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७२.४२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ८०३ जना निको भएका छन् ।

कुल संक्रमितको २५.४२ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ६० लाख ७४ हजार ७६९ छ । यसमध्ये १ लाख ९ हजार २१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड २५ लाख ९२ हजार ७७३ पुगेको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५३१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२ लाख १४ हजार ३२६ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१६ प्रतिशत हो ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख ४७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् । संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board