संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति र शपथको तयारी

काठमाडौं, २१ माघ । संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्ने गरेकीछिन् ।

नियुक्तिको सिफारिसलाई सदर गर्नका लागि अहिले राष्ट्रपति कार्यलय शितल निवासमा तयारी भैरहेको कार्यलयका प्रवक्ता जगन्नाथ पन्तले बताए । केहीबेरमा नियुक्तिको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्ने र नियुक्ती लगत्तै बिहान ११ बजेभित्रमा सबैजनालाई शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पन्तले जनाएका छन् ।

संवैधानिक परिषदले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको भन्दै शपथ रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदना पेस गरेका छन् । संवैधानिक परिषद्ले नियुक्ति सम्बन्धमा गर्ने सिफारिस संसदीय सुनुवाइ समितिमा पेस हुनुपर्ने बाध्यात्मक व्यवस्था संविधानको धारा २९२ ले गरेको छ । यसअघि सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएका थिए । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको लागि परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइएका हुन । सरकारले गएको पुस ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । बैठकमा परिषद् सदस्यसमेत रहनुभएका विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा उपस्थित थिएनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board