दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

काठमाडौं, २३ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताए ।

समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको जनाए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५/१० वर्षपछि समाजले अनूभूति गर्ने बताए ।

संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको जानकारी गराए । कार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board