विश्वभर ७ करोड ७६ लाख कोरोना संक्रमित निको

काठमाडौँ, २४ माघ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ । शनिवार विहानसम्म विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् ।होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । यसमध्ये १ लाख ५ हजार ९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ ।कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ७० हजार ४१८ जनाको मृत्यु भएको छ ।यसैगरी ब्राजीलमा २ लाख ३० हजार १२७ जना, भारतमा १ लाख ५४ हजार ९५६ जना, रूसमा ७५ हजार ७३२ जना, बेलायतमा १ लाख ११ हजार २६४ जना, फ्रान्समा ७८ हजार ६०३ जना, इटालीमा ९० हजार ६१८ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board