सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु : प्रधानमन्त्री ओली (यस्तो छ लिखित जवाफ)

काठमाडौं, ६ फागुन । अदालतको अवहेलना गरेको मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत उपस्थित भएका छन् ।

ओलीले आफु विरुद्ध लागेको अवहेलना मुद्दाबारे लिखित जवाफ पेश गरेका छन् । ओलीले आफ्नो लिखित जवाफ सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई लिखित बुझाएका छन्। केही बेरमात्रै अदालतमा बसेका ओलीले सर्वोच्चको नयाँ भवनको पनि निरीक्षण गर्न भ्याएका छन् ।

प्रधानमन्त्री ओली आउनुअघिदेखि नै सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। संचारकर्मी कानुन व्यवसायीहरुलाई अदालतभित्र प्रवेशमा रोक लगाइएको थियो ।

ओलीमाथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनेको आरोप लागेको थियो । ओलीले अशिष्ठ र अमर्यादित अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सोही इजलासले चार पूर्व प्रधानन्यायाधाीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

तर, बाटोको म्यादबाहेक एकसाताभित्र आफै अदालत उपस्थित हुने आदेशलाई सर्वोच्च प्रशासनले गत मंगलबारमात्रै प्रधानमन्त्री निवासमा तामेल गरेको थियो ।

पूर्वप्रधानन्यायाधीसहरुले यसअघि नै लिखित जवाफ पेश गरिसकेका छन् । र्वप्रधानन्यायाधीसहरुले अदालतमा आफै म्याद बुझी लिखित जवाफ पेश गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board