चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

काठमाडौं ७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरे । काँग्रेस नुवाकोटको पार्टी कार्यालय विपी स्मृति भवनको विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उन्ले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताए ।

“विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न”, देउवाले भने “अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपामा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।”

कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिए । पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गरे ।

विसं २०५८ मा विपी स्मृति भवनका नाममा शिलान्यास भएको पार्टी कार्यालय करीब रु चार करोड लगानीमा निर्माण गरिएको हो । उक्त भवनसहित त्यहाँ रहेको गणेशमान स्मृति सभाकक्ष, डिजिटल बोर्डलगायतको पनि आजै उद्घाटन गरिएको छ । भवनमा नौ कोठा तथा बन्द सभाकक्ष र खुला गरेर दुई सभाकक्ष छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board