प्रधानमन्त्री ओली विरुद्धको अवहेलना निवेदन पेशीमा, बारेस राख्ने अनुमति दिइँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज पेशी तोकिएको छ ।प्रधानमन्त्रीका तर्फबाट वारेस राख्ने अनुमतिका लागि निवेदन दिएपछि मुद्दा पेशीमा चढेको हो । न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलाशमा पेशी रहेको छ । सर्वोच्चले प्रधानमन्त्रीलाई वारेस राख्ने अनुमति दिनेछ । वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतले आफैं उपस्थित भएर जवाफ दिन भनेको थियो । न्यायाधीश मनोज शर्माको इजलाशले आफै उपस्थित हुन आदेश गरेपछि प्रधानमन्त्री ओली सर्वाेच्च पुगेर जवाफ दिए ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन मुद्दामा पटक–पटक अभिव्यक्ति दिएको तथा कानुन व्यवसायीलाई होच्याएको र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनी टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो । ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी ‘बाजे वकिललाई सर्वोच्च लगेर तमासा’ देखाएको टिप्पणी गरे । ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता आचार्य र अधिवक्ता न्यौपाने रिट निवेदन दर्ता गराए । प्रधानमन्त्री ओलीले फागुन २ गते अदालतको पत्र बुझेका थिए ।

प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना नगरेको दाबी गरे । उनले आफू विरुद्ध दायर निवेदन पूर्वाग्राही रहेको दाबी गर्दै खारेज भागी रहेको जिकीर गरे । कसैलाई कारवाही गर्छु जस्ता दबाबमुलक र निन्दनीय शब्द प्रयोग नगरेको उहाको दाबी थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board