पशुपतिमा ८० करोडको लागतमा १०८ किलो सुनको जलहरी राखियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।

बुधबार राष्ट्रपति भण्डारीले क्षमापूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताए । पशुपतिनाथमा रहेको चांदीको जलहरी जिर्ण भएकोले सुनको आवरणले ढाकेको उनको भनाई छ । १ सय ८ किलो सुनको जलहरी अर्पण गरिएको उनले बताए । सुनको जलहरीमा ८० करोड रुपैँया खर्च भएको सदस्य सचिव ढकालले बताए ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको हो । सुनको जलहरी अर्पण गर्नका लागि पांचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । यता दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरीएपनि शिवरात्रिमा यस वर्ष अघिल्ला वर्षका भन्दा कम भक्तजन आउने आकलन गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board