चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई

काठमाडौँ, १४ फागुन । नेपालको नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा सक्रिय भएका हुन् । उनीहरुले संसद् खुल्ने भएसँगै नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्नका लागि कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा भेटवार्ता गरेका छन् ।

दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेको बुढानिलकण्ठ काँग्रेस निकट एक स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको संसद् विघटन गर्ने पुस ५ गतेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन् । तर उक्त असंवैधानिक कदमलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको हो । नयाँ राजनीतिक घटनाक्रमपछि अब संसदमा गएर सहकार्य गर्नु पर्छ भन्दै नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बुधबार देउवा निवास पुगेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board