काठमाडौं । बृहत् नागरिक आन्दोलनले आइतबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ ।
बालाजुमा जनताको घर भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने कामको विरोधमा महानगरपालिका घेराउ गर्न लागिएको हो । बालाजुमा अदालतको अन्तरकालीन आदेश उल्लंघन गर्दै जनताको घर भत्काउने कार्य जारी राखिएको छ । त्यसको विरोध गर्ने अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार गर्ने गरिरहेको छ । गिरफ्तारमा पर्ने अभियन्ताहरुलाई भेट्न जानेहरुलाई नेपाल भाषामा कुराकानी गर्न नदिइएकोमा समेत केही दिनयता सरोकारवालाहरुले विरोध जनाइरहेका छन् । शुक्रबार मात्रै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका थिए ।
त्यस्तै, कमलपोखरीमा पनि काठमाडौं महानगरपालिकाले कंक्रिटको संरचना बनाइरहेको छ । पोखरीको पानी सुकाएर त्यहा बनाउन लगाइएको कंक्रिटको कमलको फूल लगायतका संरचना पनि शुक्रबारै अभियन्ताहरुले भत्काइदिएका थिए ।
COMMENTS