संसद सचिवालयलाई प्रचण्डको पत्र : ओलीलाई कारबाही गरिसक्यौं

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन निर्देशन दिएका छन् । पत्रमा भनिएको छ । उनी पार्टी सदस्य नै नरहदा संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ उनले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत स्मरण गराएका छन् ।
पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ । उनले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने बताएका छन् ।

’केपी ओलीलाई पार्टीले संसदीय दलको नेता, पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइसकेको भन्दै गुरुङले भने, ‘यो अवस्थामा मल्टी पार्टी डेमोक्रेसीमा पार्टीकै नीति अनुसार संसदीय दल चल्ने विधि विधान भएकोले त्यही अनुसार संसदीय दलको बारेमा पार्टीले गरेको निर्णयको सन्दर्भमा संसदको ध्यानाकर्षण होस्’ नेता गुरुङले भने ।

संसदीय दलमा भएको परिमार्जनबारे संसद सचिवालयलाई जानकारी दिन प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ सिंहदरबार पुगेका थिए । पत्र बुझाएपछि पत्रकारसंग कुरा गर्दै नेता गुरुङले संसदीय दलको विषयमा पार्टीले गरेको निर्णय संसद सचिवालयलाई जानकारी गराइएको बताए ।

नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रबार विहानका लागि संसदीय दलको बैठक आह्वान गरेको नेतृ पम्फा भुसालले बताइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board