“नेपाल शान्तिपूर्ण देश हो, यहाँ अब हिंसात्मक द्वन्द्व छैन, : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण नयाँ युुगमा प्रवेश गरेको बताए । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न आज राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनले अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा समाप्त भएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले भने, “नेपाल शान्तिपूर्ण देश हो, यहाँ अब हिंसात्मक द्वन्द्व छैन, शान्ति छ । आजको ठूूलो सन्देश र उपलब्धि यही हो । संयुक्त राष्ट्रसङ्घले विश्वभरका मुलुकमा गरेको शान्ति स्थितिको मापनमा नेपालको सूूचक अझ माथि उठ्ने छ ।”

सो समूहले शान्तिको माध्यमबाट मुलुकको स्वाधीनता र समृद्धिको यात्रामा अघि बढ्ने गरी भएको सहमतिको निर्णयबाट नेपाली जनताको मन जित्न सफल भएको बताउँदै उनले भने, “मुलुक र जनताको हितका लागि शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्ने विप्लव नेतृत्वको समूह मुलधारको राजनीतिमा प्रवेश गर्ने निर्णय ‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ हो ।

दुवै पक्षबीच भएको सहमतिको एउटै उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रालाई अघि बढाउने र मुुुलुुकलाई एकताबद्ध बनाएर लैजाने रहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिको उचाइको यात्रामा मुलुक एक पटक फेरि नयाँ उचाइका साथ अघि बढेको धारणा व्यक्त गरे ।

उनले भने, “नेपालले प्राप्त गरेको सफलता विश्व कम्युुनिष्ट आन्दोलनका लागि आदर्श रहने छ, आजको सहमति शान्तिको यात्रालाई अघि बढाउने दिशाका लागि ठूूलो सफलता हो ।” विप्लव समूहको शान्तिपूर्ण अवतरण साहासिक कदम भएको जनाउँदै रकारको तर्फबाट धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्री ओलीले भने “नेपाली जनता र राष्ट्रले शान्ति खोजेको छ । राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय एकताका लागि एकजुट भएर काम गर्नुुपर्छ ।”

मुुलुकलाई अग्रगमन, विकास र समृद्धिका दिशामा अघि बढाउने र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा सफल रहेको बताउँदै उनले नेपाली राजनीतिको अभ्यासमा विप्लवलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board