प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाएसंगै दोस्रो चरणको खोप अभियान सुरु भएको हो ।

खोप लगाएपछि प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री ह्दयस त्रिपाठीलगायतले पनि खोप लगाए । गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसविरुद्धको खोप लगाए । आज बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर गृहमन्त्री थापाले कोरोनाविरुद्धको खोप लगाए ।

यो चरणको अभियानअन्तर्गत ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ । यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाइने मन्त्रालयले बताएको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने सरकारको योजना छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board