सरकार गठनका लागि एमाले र जसपाले बनायो वार्ता टोली

काठमाडौं, २५ फागुन  नयाँ सरकार गठनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीले वार्ता टोली गठन गरेको छ । जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका एमालेसँग वार्ताका लागि वार्ता टोली बनाएको छ ।

जसपाका एक नेताका अनुसार सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरेको हो । उक्त वार्ता टोलीमा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । त्यस्तै, नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति बनाएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्ने भएकाले जसपालाई सरकारमा ल्याउनका लागि पहल भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board