आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, ३ चैत्र । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।

बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो।यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो।

सरकारले अध्यादेश पेश गर्नेलगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधि सभा बैठक नबस्ने भएको छ। तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले नै संसदलाई गतिशील र प्रभावकारी बनाउन नचाहेको आरोप लगाएका छन्। सरकारका तर्फबाट बिजनेश नदिइएको भन्दै उनले सरकारले संसदलाई प्रभावकारी बनाउन नचाहेको उल्लेख गरेका छन्।

सत्तारूढ नेकपा एमालेका सांसद विशाल भट्टराईले अहिले नै अध्यादेश संसदमा पेश गर्ने पक्षमा सरकार नरहेको बताएका छन्।आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभा अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board