पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि, के मा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयांका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयां पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयां पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयांले बढेको निगमले जनाएको छ । निगमले यसअघि फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board