माओवादी केन्द्रसँगै ब्युँतियो ‘योङ कम्युनिष्ट लिग’,चौथौ पुर्ण बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग नेपालको चैत्र ४ र ५ गते काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको चौथौ पुर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

पुर्ण बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रिय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ । साथै तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच सम्पन्न एकता सर्वोच्व अदालतको फैसलाले भंग गरेस“गै मातृ पार्टी पुरानै अवस्थामा फर्किएको अवस्थामा संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरण समेत गरेको छ । बैठकले पुरानो सदस्यताको नविकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्बाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ ।

सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय गरेको वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’बाट जारी विज्ञप्तिमा जनाइएको छ । संगठनको राष्ट्रिय भेला आउंदो ०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । इकाई देखि स्थानीय तह हुदै जिल्ला भेलाहरु बैशाख महिनाभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला जेठको २० गतेभित्र सम्पन्न हुने जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board