प्रधानमन्त्रीले भनेः समर्थन फिर्ता लेऊ, राजीनामा आउँछ

काठमाडौँ, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् । बालुवाटारमा देशभरका एक सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै यस्तो चुनौति दिएका हुन् ।

ओलीले भने( काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् ।

अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु रु माग्या छ माग्या छ ।

ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board