माओवादी केन्द्रका प्रदेश २ का ४ जना सांसदको पद खारेज

जनकपुरधाम ३० चैत, । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना सांसदलाई बर्खास्त गरेको छ ।

चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । पार्टीले बर्खास्त गरिसकेको भनी पत्र बुझाइसकेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ ।

प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेतासमेत थिए ।यस अघि माओवादी केन्द्रको संसदीय दलले दल नेतामा भरत कुमार शाहलाई चयन गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board